श्रम कार्यालयमा आईटीको समस्याः ओरेन्टेशनमा आएको ५ दिनसम्म बिचल्ली

चैत २८, काठमाडौं ।वैदेशिक रोजगारमा जानुपूर्व लिइने ओरेन्टेसन कक्षामा आईटिको समस्या देखाउदै ५ दिनदेखि काठमाडौं आएका युवाहरु बिचल्लीमा परेका छन् ।

आफुहरु वैदेशिक रोजगारका लागि जान लागेको मेनपावरले आईटीको समस्या श्रम कार्यालयबाटै भएको भन्दै ओझेलमा पारेको झापाबाट आएका अमृत बहादुर राईले बताए । झापा, मोराङ र पाँचथरबाट आएका तिनीहरु ५ दिनसम्म मेनपावरले अल्झाई राखेर आफुहरुलाई बिचल्ली बनाएको गुनासो व्यक्त गरेका छन । ओभिरा कन्सल्टेन्सीबाट प्लम्बर, हेल्पर र इलेक्ट्रोनिक कामको लागि कतार जानका पुर्व तयारी कक्षा लिन काठमाडौं आएका एक बहादुर लामा, लोक बहादुर मगर, दुर्ग लिम्बु र ज्ञानबहादुर कार्की र आफू स्वयंम विचलित भएर बसेको अमृत लिम्बुले बताए ।

सर्भर विग्रेको भनेको ४ दिन भएपनी समस्याको समाधान नभएपछि आफुहरु भोकै बस्नुपर्ने अवस्थामा रहेको प्रारम्भ खबरलाई बताए । नेपाल सरकारको श्रम कार्यालयबाटै ओरेन्टेसन गराउने हो भन्दै मेनपावरले आफुहरुलाई अल्झाई राखेको उनले बताए । आफुहरुलाई आईटी समस्या देखाए पनि केही व्यक्तिहरूलाई भने कक्षा गराएर फर्काएको उनिहरुको भनाई छ ।

गत २३ गते गाउँबाट काठमाडौं आएका तिनीहरु आफुले ल्याएको खर्छ समेत सकेर अलपत्रमा परेको सुनाउछन । पहिला आफुहरु कतार
, दुवई जादा ओरेन्टेसन नलिई गएको र अहिले सरकारले नै बनाएको सिस्टमले झन आफुहरुलाई सास्ती मात्र दिएको बताउछन् । ४÷५ दिनसम्म अनलाइन सर्भर विग्रीए पनि सम्बन्धि निकाय चुप लागेर बसेको हो या मेनपावरले हेलचेक्राई गरेको हामी अन्योलमा परेका छौँ लिम्बुले भने ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.