प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ

चैत २७ , काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरबाट त्रिपुरेश्वरमै प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोज्ने गाडीचालक पक्राउ परेका छन । स्थायी घर धादिङ भई हाल काठमाडौंको सतुंगल बस्ने एकबहादुर तामाङ मंगलबार दिउँसो पक्राउ परेका हुन ।

महानगरीय प्रहरी ट्राफिक प्रभाग थापाथलीको टोलीले बा २ ख ६१८६ नम्बर गाडी जाँच गर्न लाग्दा ३३ वर्षीय तामाङले एक हजार रुपैयाँ दिन खोजेको र उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी ट्राफिक प्रभागले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.