तिब्बती धर्मगुरु दलाई लामा बिरामी

चैत २७, एजेन्सी । भारतमा निर्वासित जीवन विताइरहेका तिब्बती धर्मगुरु दलाई लामा बिरामी परेपछि अस्पताल भर्ना भएका छन्।

८३ वर्षिय लामा छातीमा सङ्क्रमण भएकोले उनलाई दिल्ली अस्पतालमा भर्ना गरिएको बीबीसीले जनाएको छ । उनका सहयोगी तेन्जिन ताक्लाका अनुसार दलाई लामालाई केही अप्ठ्यारो महसुस भएपछि विमानमार्फत हिमाचल राज्यको धर्मशालाबाट दिल्ली लगिएको थियो। चिनियाँ शासनविरुद्ध भएको विद्रोह असफल भएपछि ६० वर्षअघि उनी भागेर भारत पुगेका लामा निर्वासित जीवन विताइरहेका छन्। नोबेल शान्ति पुरस्कार पाएका लामालाई छातीमा सङ्क्रमण भएको चिकित्सकले जनाएका छन्।

हजारौँ तिब्बतीहरू भारतमा निर्वासनमा बस्दै आएका छन्। केही तिब्बती शरणार्थीहरू नेपालमा पनि छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.