सुनको मूल्य घट्यो

चैत २७, काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा रु २०० घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ घटेर ६० हजार १०० मा कारोबार भइरहेको हो । मंगलबार सुनको भाउ तोलमा ६० हजार ३०० रहेको थियो ।

यस्तै तेजावी सुन तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ। यस्तै चाँदी आज तोलामा रु १० घटेर ७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.