कलाकार सिम्खडा भन्नुहुन्छ- जनाअन्दोलनको मर्यादा र सहिदको भावनामाथी ठेस लाग्यो

पुस २५, काठमाडौं । आइतबार काठमाडौंको गोकर्णेश्वरमा आयोजित विश्वक्रान्ती दिवसको कार्यक्रमप्रती प्रखर तथा वरिष्ठ कलाकार श्रीकृष्ण सिम्खडाले टिप्पणी गरेका छन ।

गत वर्ष सार्वजनिक स्थलमा कार्यक्रम गर्दै आएता पनि यस वर्ष एक नीजी शैक्षिक सस्थाको प्राङ्गणभित्र सिमित गरि मनाएको प्रती संकेत गर्दै बिध्यार्थी भर्ना गर्ने सत्र सुरु हुनै लाग्दा यो कार्यक्रम गर्नुले जनाअन्दोलनको मर्यादा र सहिदको भावनामाथी ठेस लागेको बताएका छन । जनआन्दोलन दिवसलाई एउटा नीजी शैक्षिक सस्थाको प्राङ्गणमा लगेर मंचन गर्नु दुर्भाग्यपुर्ण हो उनले भने ।

कलाकार सिम्खडाले कार्यक्रम नै गर्ने भए त पनि सामुदायिक वा सरकरी बिध्यालयको प्राङ्गण पनि रहेको उल्लेख गर्दै उक्त कार्यक्रमको मामलामा सासद र मेयर पनि चुकेका छन । उनले भने – “हुन त यीनिहरुलाई खादा लाउन र सम्मान गर्न पाइन्छ भने पछि एउटा भट्टीको उदघाटनमा नि जाने बानी परेको छ।” कलाकार साहित्यकार समाजको अग्रमोर्चामा हुन्छ नेताले लत छाडे नि उनीहरु आफ्नो स्थानमा बस्नुपर्छ ।

उपराष्ट्रपतिको समय खर्चिएर कार्यक्रमको आयोजना गरिए पनि सकारात्मक शन्देश दिन नसकिएको  र कार्यक्रमको संयोजक नै उपस्थित नहुन आयोजक पक्षहरूमै गम्भीर प्रश्न चिन्ह खडा भएको कलाकार सिम्खडाको तर्क छ ।  कोहि लोभी र सम्मानको भोका हुन्छ्न एकाध हाम फाले भनेर सबैले बाटो बिराउनु हुन्न।सबैले सत्य कर्म गर्न सबैको ईज्जत् गर्ने र विवेदरहित समाज निर्माणमा लाग्न आयोजकहरुलाई उनको सुझाव रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.