चैत २५, काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम अस्तव्यस्त भएको छ । राज्यका उच्च ओहदामा बसेका व्यक्तिहरु सामान्य कार्यक्रमहरुको प्रमुख अतिथि बन्ने होडबाजी चलिरहेका बेला उपराष्ट्रपति आईतवार गोकर्णेश्वरमा भएको एक कार्यक्रममा भने नराम्रोसंग फसेका छन् ।

नीजि शैक्षिक संस्था जया मल्टिपल कलेज जोरपाटीले संयोजन गरेको दोस्रो क्रान्ति दिवस र नेपाल साहित्य महोत्सव नाम दिइएको उक्त कार्यक्रममा व्यानारमा लेखिएको भन्दा फरक तरिकाले कार्यक्रम प्रस्तुत भएपछि सहभागीहरु नै कानेखुसी गर्न थालेका थिए । कार्यक्रम दोस्रो विश्व क्रान्ति दिवस नेपाल साहित्य महोत्सव २०७५ नामाकरण भए पनि कार्यक्रमको शन्दर्भ बाहिर रहेर कार्यक्रम सम्पन्न गराएको थियो ।
विहान ९ बजेदेखि शुरु भएको उक्त महोत्सवमा केही सिमित साहित्यकारको नामबाट सम्मान तथा पुरस्कारको वितरण समेत गरिएको छ । कार्यक्रम सन्र्दभभन्दा बाहिर भएको भन्दै केही सहभागीहरुले कार्यक्रम नीजी व्यवसाय प्रर्वद्धन गर्ने खालको भएको भन्दै आलोचना गरेका छन । उपराष्ट्रपति आउने र साहित्य महोत्सव भनेपछि टाढा टाढाबाट पुगेका साहित्यकार जिल्लिएका थिए ।

महोत्सवको नाम दिए पनि केही शैक्षिक सस्थाका प्रमुखहरु, ३ वटा नगरका प्रमुखहरु र लेखक साहित्यकारहरुको उपस्थित रहेको उक्त कार्यक्रम अव्यवस्थित र फितलो भएको समेत आरोप लगाउँदै एक सहभागी साहित्यकारले औचित्यहीन कार्यक्रम भएको बताईन् । नाम नभन्ने शर्तमा उनले भनिन् – ‘एकै शैक्षिक संस्थाको विद्यार्थीलाई दुई÷दुई पटक कविता वाचन गर्न दिई अन्य स्रष्टहरुलाई पालो नै नदिई अपमान गरेको छ । कलेजको प्राङ्गणमा भएको सो कार्यक्रममा उपराष्ट्रपतिले आयोजकको फाईदालाई ध्यानमा केन्द्रित गरि केही व्यक्तिहरुलाई सस्तो लोकप्रियताको लागि र सहयोग पु¥याउने व्यक्तिहरुलाई मात्र सम्मान गरिएको एक सूत्रले बताएको छ । देशका भिआईपिहरु कार्यक्रम स्थल सवार हुँदा ठूलो संख्यामा सुरक्षा व्यवस्थासंगै सडकलाई अवरोध हुने जनताको आलोचना भइरहेको बेला आयोजित उक्त कार्यक्रममा सहभागी उपराष्ट्रपतिले प्रमुख अतिथिको हैसियतले कार्यक्रमको औचित्य बाहिर रहेर गतिविधि गरेको सहभागीहरुको गुणासो छ ।
कुनै संस्था वा समूहले गरिने कार्यक्रममा उपराष्ट्रपति सहभागी हुन कार्यक्रमको औचित्य र संख्या सोधिने कार्यालयका सहयोगीहरु पनि उक्त कार्यक्रममा भने जिल्लिएका छन् । जनसहभागिता र कार्यक्रमको महत्त्व बुझेर मात्र उपराष्ट्रपतिको कार्यक्रम तय गराउने परिपाटी रहे पनि उक्त कार्यक्रममा भने केही सांसदको कसरतमा सहभागी भएको बताएको छ । बहुभाषिक रुपमा कवि तथा स्रष्टा साहित्यकारहरुको लेखनको माध्यमबाट समाज र राष्ट्र परिवर्तनमा योगदान पुर्याउन सफल व्यक्तित्वको सम्मान भनिए पनी कलेज निकट केही विद्यालयका प्रमुखहरुको र व्यवसायी सम्मानले कार्यक्रमको औचित्यहिन भएको एक समलोचकको तर्क थियो । यहाँसम्म कि कार्यक्रमका उद्घोषक देवी घिमिरे सम्मानित व्यक्तित्वहरुका नाममा आफ्नै नाम घोषणा गरेर सुनौलो फ्रेमको सम्मान थापिरहेका थिए । उनको साहित्यिक योगदान के ? उनका के कति कृति प्रकाशित छन् ?

साहित्य महोत्सव भन्ने बित्तिकै कृति प्रदर्शन र साहित्य क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरु सम्मान हुनु पर्ने उक्त कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका उपराष्ट्रपति पुनले कलेज परिवारका सदस्य तथा केही वर्ष अगाडि प्रहरी पक्राउमा परेका व्यक्तिदेखि केही समय अगाडि विवादित बनेको जमराको जुस संचालकलाई समेत सम्मान गरेका थिए ।
एक नीजि शैक्षिक संस्थाको संयोजन भएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, शंकरापुर नगरपालिका लगाएत केही सरकारी निकायका संस्थाहरु सहआयोजकको रुपमा सहभागी रहेका थिए भने अभिनव साहित्य समाज भने आयोजकको रुपमा नाम उल्लेख गरिए पनि सहभागी थिएन । कार्यक्रमका संयोजक भनेका गोविन्द घिमिरे वेदमणि नै कार्यक्रममा अनुपस्थित थिए । कार्यक्रममा जया मल्टिपल कलेजका प्रिन्सिपल निकट पूर्वमन्त्री शेरबहादुर तामाङ, काठमाडौं ३ का सांसद कृष्ण राई, प्रदेश सांसद रामेश्वर फुयाँल, नगरपालिकाहरुका मेयरहरुको सहभागी रहेका थिए । त्यहाँ विशिष्ट कविहरु र विद्यालयका विद्यार्थीहरुलाई उही हैसियतले प्रस्तुत गरिएको थियो भने बहुभाषिक कविगोष्ठीका नामममा स्रष्टा भन्दा पनि आसेपासेलाई समेटिएको थियो । केही प्रमाणपत्र उपराष्ट्रपति पुग्नु अघि र केही मन लागेका व्यक्तिलाई उपराष्ट्रपति हिँडेपछि प्रदान गरिएको थियो ।
कार्यक्रममा दिनेश घिमिरेको हिमालको देश मेरो शीर्षकको एउटा कृति विमोचन भए पनि त्यस कृतिको विमोचन उपराष्ट्रपतिका हातबाट नभई अन्यबाट गराइएको र कृतिमाथि चर्चा गर्न बोलाइएका विद्वानलाई पनि अपमान गरी समय नदिइएको पाइयो । विशिष्ट कविहरुलाई कविता वाचन गर्ने कविलाई उपराष्ट्रपतिले सम्मान गर्ने भन्दै बोलाएर समय नदिएको धेरैको गुनासो थियो भने विद्यालयको वार्षिकोत्सव जस्तो गरी कार्यक्रम चलाइएको थियो । दोस्रो क्रान्ति दिवस भनिए पनि त्यहाँ सहिदका नाममा एक मिनेट मौनधारणसम्म गरिएको थिएन ।

