प्रारम्भ खबर ।
चैत २३, काठमाडौं । श्रीयन्त्र एजुकेसन फाउन्डेसन स्कुलले शनिबार तेस्रो अभिभावक दिवस तथा भेला सम्पन्न गराएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि थापाले कार्यक्रममा बोल्दै विद्यार्थीको पठनपाठनमा गुणस्तरियसंगै व्यवहारिक र युग सुहाउँदो शिक्षा प्रदान गर्नुपर्ने बताएका छन । उनले नगर भित्र सबै विद्यालयहरुलाई समान तरिकाले सहयोग गर्ने प्रतिबद्धता गर्दै निजि र सामुदायिक विद्यालयलाई एक छत्रमा ल्याउन नगरको प्रयास भईरहेको बताए ।

त्यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन अध्यक्ष कृष्ण हरि के.सिले बालबालिकाको चाहनाअनुरुप पठनपाठनमा विद्यालयको व्यवस्थापन भइरहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा उपलब्ध गराउन समेत सफल रहेको बताए ।

यसै गरि विद्यालयका प्रीन्सिपल अरुण पौडेलले बिद्यार्थीको चौतर्फी बिकास गर्न विद्यालयले किताबी ज्ञानले मात्र नभई बिद्यार्थीहरुको लागि अतिरिक्त क्रियाकलापमा जोड दिदै व्यवहरिक शिक्षा प्रदान गर्दै आएको बताए ।
विद्यार्थी, अभिभावकहरु सहभागी उक्त कार्यक्रममा सास्कृतिक कार्यक्रम तथा विद्यालयले आयोजना गरिएको प्रतियोगिताबाट विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कर समेत वितरण गरेका थिए ।

