प्रारम्भ खबर ।
चैत २३, काठमाडौं । जब एक इमान्दार युवा समाज परिवर्तनको परिकल्पना देख्छन् तीनै समाजको सफल व्यक्तिको रुपमा चिनिन्छन् । त्यस्तै फोहोरमैलाको व्यवसाय गरेर आफुलाई निकै सन्तुष्टि मिलेको बताउनुहुन्छ क्रियटिभ सरसफाई प्रा.लि.का अध्यक्ष बबरमान तामाङ ।
उनि भन्छन् हरेक मानवमा सकारात्मक सोच र धैर्यताबाटै समाज परिवर्तनमा साथ मिल्छ । रामेछापबाट रोजगारीको शिलशिलामा राजधानी प्रवेश गर्नुभएका तामाङले जीवनको यात्रामा विगत २०५६ सालदेखि सडकमा देखिएको फोहोरमैला व्यवस्थापन गर्न तल्लिन यहाँसम्म आईपुग्दा निकै चुनौतिसंगै सफलता हासिल गरेको आत्मासन्तुष्टिको कथा सुनाउनुहुन्छ । अहिले भने तिनै बबरमान तामाङले ५० भन्दा बढिलाई रोजगार प्रदान गर्दै आउनुभएको छ । संघर्ष र सफलताको कथा हेर्नुहोस भिडियोमा…..

