जिउँदो प्रमाणित गर्न स्थानीय तहदेखि मन्त्रालयसम्म हारगुहार

चैत २०, काठमाडौ । मोरङ जिल्लाका सुवास तामाङ जीवितै छन् तर उनको राहदानीमा करिब चार वर्षपहिले नै मृतक भनी छाप लागेको छ, त्यति मात्र होइन, गाउँपालिकामा मृत्यु दर्ता भई उनको तामाङ संस्कारअनुसार काजक्रियासमेत भइसकेको छ।

झट्ट सुन्दा नाटकजस्तो लागे पनि सुवास र उनको परिवारले भोगेको यो घटना वास्तविक हो। जीवित सुवास र उनकी श्रीमती सन्तोषी तामाङ अहिले जिउँदो प्रमाणित गर्न स्थानीय तहदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसम्म हारगुहार गरिरहेका छन् ।

साउदी अरबको किङ अजिज अब्दुल अस्पतालले हुन्डाई कम्पनीका काम गर्ने सुवाससहित चार जना दुर्घटनाको भोलिपल्ट मृत्यु भएको घोषणा गर्यो। तर मृत्य हुनेमा सुवास नभएर बागलुङका तेजेन्द्र भण्डारी थिए। -गोरखापत्र दैनिक

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.