चैत २०, काठमाडौ । आईतबार आकस्मात आएको हावाहुरीबाट विचल्लीत बन्न पुगेका बारा र पर्साका पिडितहरुलाई संघीय सरकारले आधुनिक चुल्हो र सोलार उपलब्ध गराउने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिचाईंमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठको निर्णय अनुसार घरबार विहीन भएका सयौँ परिवारलाई आधुनिक चुल्हो र सोलार उपलब्ध गराईने भएको हो । हावाहुरीका कारण सयौं परिवार घरबारविहीन भएको छन् भने प्रभावित क्षेत्रमा विद्युत अवरुद्ध विद्युत अबरुद्ध भएको छ ।
मन्त्री पुनले बिद्युत छिट्टै सुचारु गर्न नसकिएका बेला आधुनिक चुल्हो र सोलारले स्थानियमा केही राहात मिल्ने बताएका छन् । बैठकमा उर्जासचिव दिनेश घिमिरे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक नवराज ढकाल सहभागी बैठकमा हावाहुरीबाट भएको क्षतिका बारेमा छलफल भएको थियो ।

