चैत १८, काठमाडौ । नेपाली काङ्ग्रेस क्षेत्र न. १ काभ्रेको पार्टी कार्यलय भवन शिलान्यास हुँदै छ ।
काभ्रे स्थिति भकुण्डेवेशीमा आगामी चैत २७ गते पार्टी सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा कार्यालय भवनको शिलान्यास गरिने भएको छ । सोही दिन हुने बृहद आमसभा तथा सास्कृतिक कार्यक्रमको विशेष अतिथिमा नेपाली काङ्ग्रेसका पुर्व महामन्त्री कृष्ण प्रसाद सिटाउला, प्रवक्ता विश्वप्रकास शर्मा र अतिथिमा केन्द्रिय सदस्यहरु प्रदीप पौडेल, शिवप्रसाद हुमागाई लगायत सहभागी रहने पुर्व संसाद तथा क्षेत्रीय सभापति तिर्थ लामाले जानकारी दिए ।
पार्टी कार्यालय भवन शिलान्याससंगै पार्टीको कामकारबाहीलाई सशक्त रूपमा अगाडि बढाउदै नेता कार्यकर्ता र आम समुदायविचको सम्बन्धलाई अझ प्रभावकारी बनाउन थप उर्जा मिल्ने सभापति लामाको विश्वास रहेको बताएको छ ।
त्यस्तै सास्कृतिक कार्यक्रममा भद्रगोलका अर्जुन घिमिरे (पाडे) , रोज मोक्तान र सन्ध्य बुढाथोकी (काउली बुढी) थुप्रै राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाएको छ ।

