चैत १६, काठमाडौं । ड्रिम प्वाईन्ट एजुकेशनल एण्ड टे«निङ इन्स्टिच्यूट र सम्भव छ नेपालको सहकार्यमा एकल शेर्पा भाषण प्रतियोगीता हुने भएको छ ।
नेपाली भाषामा हुने गुञ्जिनेछन् परिवर्तनका आवाजहरु भन्ने नारा सहित परिवर्तन, विकास र समृद्धिमा लक्षित विभिन्न विषयवस्तुहरुमा शेर्पा समुदायका युवाहरुको क्षमता वृद्ध विकासका लागि एकल शेर्पा भाषण प्रतियोगिताको आयोजना गर्न लागिएको कार्यक्रमको संयोजक नुरु शेर्पा जानकारी दिए ।
उक्त प्रतियोगीताबाट ३ उत्कृष्ठ व्यक्ति छनोट गरी राष्ट्रिय स्तरीय प्रतियोगिताहरुमा समावेश गराउने र सामाजिक नेतृत्व विकासमा महत्वपूर्ण भूमिका प्रदान गरिने आयोजकले जनाएको छ । बैशाख ७, ८ र ९ गते छनोट भएका प्रतिस्पर्धीहरुलाई १४ गते नेपाल पर्यटन बोर्ड भृकुटी मण्डपमा एक कार्यक्रमवीच उत्कृष्ठ घोषणा तथा पुरस्कार वितरण गरिने आयोजकले जानकारी दिए ।

