पुर्व प्रधानमन्त्रीको सुरक्षामा खटिएका प्रहरीको गाडिबाट स्कुटीलाई ठक्कर

चैत १६, काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दिएको छ। शनिबार बिहान बानेश्वरमा चन्दको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दिएको हो।

जिकज्याक सँग इमजेन्सी साईरन बजाएर हुइँकिएको सशस्त्रको बा १ झ ९५२७ नम्बरको गाडीले दुई जना सवार स्कुटरलाई ठक्कर दिएको थियो। एक सर्वसाधरणले खिचेको उक्त भिडियो अहिले सोसल मिडियामा भाइरल बनेको छ।

सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी सुरज कुमार श्रेष्ठले घटनाको जानकारी पाएकाले छानबिन भइरहेको बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.