प्रदेश २ को एसईई परीक्षा स्थगित

चैत १५, काठमाडौं । सरकारले प्रदेश २ को एसईई परीक्षा स्थगित गरेको छ । अन्यत्र भने परीक्षा हुनेछ ।

२१ गतेसम्मका लागि प्रदेश २ मा परिक्षा स्थगित गराएका छन । आज पत्रकार सम्मेलन गर्दै शिक्षा मन्त्री गिरिराजमणि  पोख्रेलले २१ गतेसम्म कुनै परिक्षा नगराउन निर्देशन दिएका छन ।   सप्तरी र धनुषामा आज हुने अनिवार्य सामाजिक अध्ययन विषयकाे प्रश्नपत्र बिहीबार नै सामाजिक सञ्जालमार्फत बाहिरिएपछि परिक्षा स्थगित गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.