नेविसङ्घको तदर्थ समिति एक साताभित्र गरिने

चैत १५, काठमाडौं । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले एक साताभित्रमा नेपाल विद्यार्थी सङ्घको तदर्थ समिति गठन गरिने बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले तदर्थ समिति गठनका लागि गृहकार्य भइरहेको जानकारी दिनुभयो । नेता डा महतले यसअघि नेविसङ्घ केन्द्रीय समितिको कार्यकाल सकिएपछि स्वतः भङ्ग भएसँगै रिक्त रहेकोमा तदर्थ समिति गठन गर्न लागिएको बताउँदै गठित तदर्थ समितिले ६ महिनाभित्रमा महाधिवेशन गरी सक्नुपर्ने उहाँले बताउनुभयो ।

नेता डा महतले नेविसङ्घको विधानअनुरुप अबको महाधिवेशनले ३२ वर्षभित्रका विद्यार्थीलाई मात्र नेतृत्वमा ल्याउन सक्छ तर तदर्थ समितिमा भने उमेरको हद लागू नहुने बताउँदै सरकारका काम कारवाही चित्त बुझ्दो नरहेको आरोप लगाउनुभयो । लगानी सम्मेलन महत्वपूर्ण भएपनि यसका लागि सरकारले व्यापक गृहकार्य गर्न नसकेको बताउँदै उहाँले सम्मेलनलाई सबैले सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.