चैत १५, काठमाडाैँ । विदेशी लगानी भित्र्याउने महामेलाकाे रूपमा हेरिएकाे नेपाल इनभेस्टमेन्ट सम्मिट (लगानी सम्मेलन) सुरू भएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज क्राउन प्लाजास्थित साेल्टी हाेटलमा सम्मेलनकाे उद्घाटन गर्नुभयाे । मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउन र ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्ने उद्देश्य राखिएकाे सम्मेलनमा ३५ खर्ब लागतका सरकारी ५० र निजी क्षेत्रका २७ परियोजना प्रस्तुत गरिँदै छ ।
सम्मेलनकाे उद्घाटन लगत्तै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल ः सुखी नेपाली’ अभियान सार्थक पार्न सम्मेलन महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयाे । उहाँले मुलुकमा राजनीतिक स्थायित्व कायम भएकाले लगानीकर्तालाइ ढुक्क भएर लगानी गर्न अाग्रह गर्नुभयाे । स्थिरता उन्मुख सरकार रहेकाे मुलुकमा अहिले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएकाे उहाँकाे भनाइ थियाे ।
उहाँले भन्नुभयाे- ‘चीनसँग यातायात सम्झौता भएको छ । हाइड्रो पावरको विकास हुँदैछ । बंग्लादेशसँग विद्युत व्यापार सम्झाैतामा हस्ताक्षर भइसकेको छ । भर्जिन ल्याण्ड छ, नेपाल इन्भेष्टका लागि ।’
लगानी गर्न हाइड्रो पावर क्षेत्र मुख्य रुपमा रहेकाे उहाँकाे भनाइ थियाे । ५ हजार मेघावाट बिजुली ५ वर्षमा र १० वर्षमा ५० हजार मेघावाट बिजुली निकाल्ने सरकारकाे लक्ष रहेकाे प्रधानमन्त्रीले प्रष्ट पार्नुभयाे । यसैगरी कृषि, खानी उद्योग क्षेत्रमा पनि मुख्य सम्भावना रहेकाे उहाँले बताउनुभयाे ।
उहाँले पर्यटन व्यवसाय लगानीका लागि झन राम्रो रहेकाे बताउनुभयाे । नेपालको सुन्दरताले स्विटरजल्याण्डझैँ स्वगएमयता झल्काउने उहाँकाे भनाइ थियाे । सपानाको रुपमा रहेका तराइ-काडमाडौँ द्रुत मार्ग २।३ वर्षमै सञ्चालनमा अाउने समेत उहाँले दाबी गर्नुभयाे ।

