प्रश्नपत्र बाहिरिएपछि आजकाे सामाजिक विषयको परीक्षा स्थगित

चैत १५, काठमाडाैँ । प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई)को सामाजिक विषयकाे प्रश्नपत्र पनि परीक्षा सुरु हुनु अघि नै बाहिरिएकाे छ । अाज हुने परीक्षाकाे प्रश्नपत्र अघिल्लाे दिन नै बाहिरिएकाे पुष्टि भएपछि परीक्षा नै स्थगित गरिएकाे छ ।

सप्तरी र धनुषामा अनिवार्य सामाजिक अध्ययन विषयकाे प्रश्नपत्र बिहीबार नै सामाजिक सञ्जालमार्फत बाहिरिएको आशंका गरिएको गरिएकाे थियाे । अनिवार्य सामाजिक अध्ययन विषयको प्रश्‍नपत्र परीक्षा अगावै बाहिरिएको शिक्षा विकास निर्देशनालय जनकपुरले पुष्टि गरेकाे छ । प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि आजको परीक्षा स्थगित गरिएको निर्देशनालयले जनाएकाे छ ।

तर आजको लागि तोकिएको प्राविधिक विषयको र ग्रेड वृद्धिको परीक्षा भने यथावत रहेको निर्देशनालयकाे भनाइ छ । आज शुक्रबार हुने परीक्षाको प्रश्‍नपत्र जनकपुरमा बिहीबार नै फेला परेको थियाे । बिहीरबार रातिदेखि नै सामाजिक सञ्जालहरूबाट उक्त प्रश्नपत्र अाउट भएर भाइरल बनेकाे छ ।

शुक्रबार ८ बजे परीक्षाबाट सुरु हुुनुपर्ने सामाजिक विषयको परीक्षा प्रश्नपत्र नै बाहिरिएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक बोलाएर परीक्षा स्थगित गर्ने निर्णय गरेकाे हाे । बोर्डले अाज साढे ७ बजे प्रदेश २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्न-पत्र आउट भएको पुष्टि गरेको थियो ।

ठिस इमगे हस अन एम्प्त्य अल्त अत्त्रिबुते; इत्स फिले नमे इस समजिक्-बिशय​-पत्र​४-५७६क्स्७६८।ज्प्ग्
यसअघि विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि बिहीबार प्रदेश २ मा भएकाे साे विषयकाे परीक्षा पनि रद्द गरिएकाे छ । विज्ञान विषयकाे परीक्षा हुनुभन्दा एक दिनअगावै प्रश्‍नपत्र बाहिरिएकाे थियाे ।

बिहीबार नै राष्ट्रिय परीक्षा बोर्डकाे बैठकले प्रश्‍नपत्र बाहिरिएको विषयमा छानबिनका लागि १५ दिने म्यादसहित छानबिन समिति गठन गरेकाे थियाे । तर साेही दिन फेरि सामाजिक अध्ययन विषयको प्रश्‍नपत्र पनि परीक्षाअगावै बाहिरिएपछि यसले गम्भीर प्रश्न सृजना गरेकाे छ । यसबारे अध्ययन गर्न बोर्ड र प्रदेश सरकारले छुट्टाछुट्टै समिति बनाएका छन ।

यस वर्षदेखि प्रदेशगत अाधारमा प्रश्न पत्र फरक फरक रहेकाे हुँदा प्रदेश- २ बाहेक अन्यत्रकाे परीक्षा भने चालु छ । प्रश्निपत्र धनुषा र सप्तरीबाट बाहिरिएकाे बताइएकाे छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.