शिवम् सिमेन्टकाे शेयर पहिलाे काराेबार भएकाे हप्तादिनमै लाभांश घाेषणा, कति दिँदै छ ?

चैत १४, काठमाडौं । भर्खरै सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गरेको शिवम सिमेन्ट लिमिटेले गत अार्थिक वर्षकाे मुनाफाबाट शेयरधनीलाई लाभांश दिने भएकाे छ ।

गत साताकाे मंगलबार मात्र साे कम्पनीकाे शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भएकाे थियाे । गत साता नै बिहीबारदेखि यस कम्पनीकाे शेयर नेप्सेमा पहिलाेपटक काराेबार सुरु भएकाे थियाे । त्यसकाे करिब १० दिनमै कम्पनीले सबै शेयरधनीले पाउने गरी लाभांश घाेषणा गरेकाे हाे । उसले कुल ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ बराबरकाे नगद लाभांश दिने भएको हो ।

बुधबार (चैत १३ गते) सम्पन्न कम्पनीकाे सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १५।७८९५ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत फागुन १४ गतेदेखि सर्वसाधारणको लागि अंकित मूल्य रु १०० मा रु २०० प्रिमियम थपेर प्रतिकित्ता रु ३०० का दरले ४४ लाख कित्ता प्राथमिक शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.