एकै रातमा काठमाडौंका १३ ठाँउको धुलो ब्रुमरबाट संकलन

चैत १४, काठमाडौं । काठमाडौं महानगरपालिकाका पाँच वटा ब्रुमरले एकै रातमा १७ टन धुलो संकलन गरेका छ । बुधबार राति सञ्चालन गरिएका ब्रुमरले काठमाडौंका १३ स्थानको धुलो सफा गरेको हो ।

सुन्धारा, टुँडिखेल, रत्नपार्क, कान्तिपथ, जमल, प्रदर्शनीमार्ग, पुतलीसडक, माइतीघर, बानेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टिमोडसम्म सफा गर्दा १८ टन धुलो जम्मा भएको महानगरपालिकाले जनाएको छ । सबैभन्दा धेरै धुलो रत्नपार्क, सुन्धारा, जमल, त्रिपुरेश्वर क्षेत्रका सडकबाट संकलन भएको कामपाले जानकारी दिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.