कांग्रेसका नेताले पार्टीविरुद्ध बोले कारबाही हुने

चैत १३ , काठमाडौं । कांग्रेस केन्द्रीय अनुशासन समितिले नेताहरूलाई जथाभावी लेख्न, बोल्न र आरोप–प्रत्यारोपमा नलाग्न निर्देशन दिएको छ। समिति गठनपछि मंगलबार बसेको पहिलो बैठकले कार्यविधि पारित गर्दै सार्वजनिक मञ्चमा जथाभाबी नबोल्न र सामाजिक सञ्जालमा नलेख्न सचेत गराएको हो।

समितिले कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हितविपरीतका गतिविधि लिखित रूपमा गरेमा, अभिव्यक्तिद्वारा वा सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा प्रकट गरेमा कारबाही गर्ने निर्णय गरेको छ। ‘त्यस्ता काम, कारबाही र गतिविधि पार्टी विधान र नियमावलीबमोजिम केन्द्रीय अनुशासन समितिको क्षेत्राधिकारभित्रको विषय हुने भएकाले त्यस किसिमका गतिविधि नगर्नरनगराउन सम्बन्धित सबैमा यसै सूचनामार्फत जानकारी गराइन्छ,’ अनुशासन समितिको निर्णयमा भनिएको छ ।

अनुशासन समिति सदस्य धनराज गुरुङले नेताहरू जथाभावी आरोप-प्रत्यारोपमा उत्रिएपछि यस्तो निर्णय गर्नुपरेको जानकारी दिए। ‘कांग्रेसमा तथ्यभन्दा पनि भावनामा बहकिएर घोचपेच गर्ने, नालायक भनेर गाली गर्ने संस्कार नै बसिसक्यो,’ गुरुङले भने, ‘त्यसैले जथाभावी नबोल्न र सामाजिक सञ्जालमा नलेख्न नेता कार्यकर्तालाई सचेत गराएका हौँ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.