चैत १३ , काठमाडाैं । एएफसी यू–२३ च्याम्पियनसिप फुटबलको छनोटमा नेपाल अफगानिस्तानसँग पनि पराजित भएको छ ।
समूह एमा रहेका यी दुवै टोली प्रतियोगितबाट बाहिरि सकेकाले मंगलबार प्रतिष्ठाका लागि खेलेका थिए । जसमा नेपाल २ गोलले पराजित हुन पुज्ञ्ो । यसअघि कुवेत र ओमानसँग पनि नेपाल पराजित भएको थियो । नेपालले खेलमा केही गोल गर्ने अवसर पाएको थियो । २३ औं मिनेटमा विमल घर्तिमगरले हेड गरेको बल पोस्टबाहिर गएको थियो । तर त्यसको एक मिनेटपछि नै नेपालले गोल खायो । २४ औं मिनेटमा अफगानिस्तानका लागि सुलेमान साहले गोल गर्दै अग्रता दिलाएका थिए । ३० औं मिनेटमा पनि बिमलको प्रहार अफगान गोल किपरले बचाएका थिए ।
नेपालमाथि दबाब बढाउँदै गएको अफगानिस्तानले ३४ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो । अफगानिस्तानका लागि अहमद ओमरानले गोल गरेका थिए । पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गर्दै थप गोल नखाए पनि फर्काउन पनि असफल भयो । पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गर्दै थप गोल नखाए पनि फर्काउन पनि असफल भयो ।

