पार्टी एकता टुंग्‍याउन नेकपाद्वारा कार्यदल गठन

चैत १३, गलेश्वर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले स्थानीय तहमा पार्टी एकतालाई पूर्णता दिन कार्यदल गठन गरेको छ। मंगलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको उपस्थितिमा जिल्ला संयन्त्रको चौथो बैठकले स्थानीय तह र जनवर्गीय सङ्गठनको एकताको खाका तयार पार्न कार्यदल गठन गरेको हो।

बैठकले एकतालाई छिटो टुङ्ज्ञ्ाउनका लागि साङ्गठनिक एकीकरणसम्बन्धी काम गर्नका लागि नेता हरिकृष्ण श्रेष्ठ, गोविन्द पौडेल, बालकृष्ण सुवेदी र टेकबहादुर विश्वकर्मा रहेको कार्यदल गठन गरेको हो।

कार्यदलले चैत १७ गतेसम्म एकीकरणको ठोस प्रस्ताव पेस गर्ने निर्णय भएको जिल्ला इन्चार्ज भुपेन्द्रबहादुर थापाले जानकारी दिए। पार्टीको सम्पत्ति एकीकरण तथा लेवी निर्धारणका लागि गोविन्द पौडेल, हरिकृष्ण श्रेष्ठ, देवेन्द्र केसी र शेरबहादुर केसी रहेको कार्यदललाई चैत २० गतेभित्र प्रस्ताव पेश गर्ने जिम्मेवारी दीएको उनले बताए।

यस्तै पार्टीको गाउँपालिकास्तरमा भेला सञ्चालन र पार्टी एकताका विषयमा छलफल गरी राय सुझाव लिनका लागि बेनी नगरपालिकामा गोविन्द पौडेल र बालकृष्ण सुवेदी, मङ्गलामा टेकबहादुर विश्वकर्मा र देवबहादुर घले, मालिकामा नवराज शर्मा र रेशम जुग्जालीलाई जिम्मेवारी तोकिएको छ।

यसैगरी धवलागिरिमा खुमबहादुर बानियाँ र शेरबहादुर केसी, रघुगङ्गामा देवेन्द्र केसी र विनोद केसी, अन्नपूर्णमा हरिकृष्ण श्रेष्ठ र देवराज सुवेदीलाई जिम्मेवारी तोकिएको इन्चार्ज थापाले जानकारी दिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.