चैत १२, काठमाडौँ । चाल्नाखेलस्थित हात्तीवनमा एक यात्रुबाहक बस चिप्लिएर पल्टिँदा कम्तीमा २४ जना घाइते भएका छन ।
पुरानो बसपार्कदेखि दक्षिणकाली रुटमा चल्ने ना ३ ख १४४४ नं बस दुर्घटनामा परेकाे हाे । बस फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा आज मंगलबार बिहान ७ बजेतिर चाल्नाखेलस्थित हात्तीवनमा पल्टिएकाे हाे । बस हिलाम्य सडकबाट चिप्लिएर दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ ।
दुर्घटनामा घाइते भएका २४ मध्ये १२ को मनमोहन अस्पताल स्वयम्भूमा र १२ जनाको बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

