के के चाहिन्छ श्रमिक भिसामा जापान जान ?

चैत १२, काठमाडौं । रोजगारका लागि नेपाली श्रमिकलाई जापान पठाउने विषयमा सोमबार नेपाल र जापानबीच समझदारी भएको छ ।

श्रमिकलाई जापान पठाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि अब नेपाली युवा कामका लागि राम्रो गन्तव्यमा जान पाउने भएका छन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टको उपस्थितिमा सोही मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत सामामिची साइगोले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

समझदारीपसिछ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जापान जान श्रमिक भाषा र सिपमा दक्ष हुनुपर्ने उल्लेख छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.