कुवेतसँग नेपाल पराजित

चैत १२, काठमाडौं । कुवेतविरुद्ध भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली पुरुष राष्ट्रिय फुटबल टोली पारजित भएको छ । कुवेतले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै १ गोल गरेछि नेपालले १-० को हार व्यहोेरेको हो ।

डिफेन्डर रञ्जित धिमालले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले खेलको २९ हौं मिनेटमा कुवेतलाई दिएको पेनाल्टी युसुफ नासेरले सदुपयोग गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । नेपालका लागि गोलरक्षक किरण चेम्जोङले कुवेतका पोष्ट आक्राण रोकेको थियो । पहिलो खेलमा गोलरहित बराबरी नतिजा हात पार्दा उत्कृष्ट रहेका किरणले दोस्रो खेलमा पनि आफ्नो क्षमता कायम गर्दै पहिलो गोल बाहेक गोल हुन दिएका थिएनन ।

यससँगै कुवेत टुरमा नेपालले २ खेलमा १ बराबरी र १ हार बेहोरेको छ । प्रशिक्षक योहान कालीनको पहिलो जिम्मेवारीमा नेपाली टोलीको प्रदर्शन सन्तोषजनक रह्यो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.