रोशी माम्ती खोलाको अवैध क्रसर उद्योग हटाउन स्थानीयको माग

प्रारम्भ खबर ।
चैत ११, काभ्रे । जिल्लाको रोशी गाउपालिका स्थित वडा न.- १२ माम्ती खोलासंगै हाईटारमा भिमेश्वर एगृगेट प्रा.लि. को नामबाट  अवैध रूपमा संचालन गर्दै आएको क्रसर उद्योग बन्द गराउन स्थानीयहरु लागि परेको छ ।

केही बर्षादेखि सांघाई कन्ट्रेक्सनको साईनबोर्डबाट संचालित त्यस क्रसर हल चाइना नेसनल एरोटेक कम्पनी लि.ले स्थानीय जन प्रतिनिधिको मिलोमतोमा सरकारको मापदण्डबिपरित उत्खनन गरि खेतीयोग्य जमिन तथा संरचना बिगारेपछी स्थानीयहरु आक्रोशमा उत्ररिएका  छन ।

सिंचाइको कुलो र मटर बाटोलाई समेत अवरोध पुर्‍याएपछी सोमबार  स्थानीयवासीहरु उक्त कम्पनीमा भेला भई क्रसर सधैंका लागि बन्द गर्ने निर्णय गरि हस्ताक्षर सहित रोशी गाउँपालिकालाई निवेदन पेस गरिएको स्थानीय समाजसेवि बिलाम मुक्तानले जानकारी दिए ।

वातावरण संरक्षण ऐन २०५३ यसको नियमावली २०५४, खानी तथा खनिज पदार्थ ऐन २०४२, जलस्रोत ऐन २०४९, वन ऐन २०४९, राष्ट्रिय निकुञ्ज तथा वनजन्तु संरक्षण ऐन २०२९ अनुसार अवैध रुपमा क्रसर उद्योग, रोडा, गिट्टी, बालुवा खानी शर्त पूरा नगरेमा संचालन गर्न नपाउने प्रावधान छ । सरकारले तोकेको मापदण्डअनुसार त्यस उद्योग संचालन गरेकोले तत्काल बन्द गर्नुपर्ने स्थानीयहरुको माग छ ।

त्यस्तै काभ्रेको रोशी गाउँपालिकामा मापदण्ड विपरीत क्रसर उद्योग सन्चालन गर्दै आएको विभिन्न समाचार माध्यममा आएपनी सम्बन्धित निकाय भने कारवाहिको दायरामा ल्याउन सकिरहेको छन । उक्त क्षेत्र उद्योग सन्चालन गर्न सरकारी तवरबाटै हचुवाको भरमा सिफारिस दिदै आएको स्थानीयहरुको आरोप छ ।

कस्तो छ उद्योग स्थापनाका लागि पूरा गर्नुपर्ने मापदण्ड ?
– उद्योग रहने स्थानको ले आउट जग्गाको रेडियस २०० फिट
– जग्गा रेडियस प्रमाणित गरेको नक्सा
– राजमार्गबाट ५०० मिटरको दुरी टाढा
– खोलाकिनारबाट ५०० मिटरको दुरी टाढा
– शिक्षण संस्थाबाट २ कि.मी.को दुरी टाढा
– स्वास्थ्य संस्थाबाट २ कि.मी.को दुरी टाढा
– धार्मिक साँस्कृतिक र पुरातात्विक महत्वको स्थानबाट २ कि.मी. टाढा
– सुरक्षा निकायबाट २ कि.मी. टाढाको दुरीमा
– घना वस्ती भएको स्थानभन्दा २ कि.मी. टाढाको दुरीमा
– पक्की पुलबाट ५०० मिटर टाढाको दुरीमा
– हाइटेन्सन लाइनदेखि १०० मिटर टाढाको दुरीमा
– ताल÷तलैया, पोखरी जलाशयदेखि २०० कि.मी.को दुरीमा
– चुरे क्षेत्रबाट १ कि.मी. टाढाको दुरीमा
– अन्तर्राष्ट्रिय सीमादेखि कम्तिमा १ कि.मी. को दुरीमा

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.