चैत ११, काठमाडौं । नेपाल शाकाहारी संघको ११ औं साधारण सभाले १५ सदस्यीय चौंथो कार्यसमिति गठन गरेको छ ।
साधारण सभाले तय गरेको कार्यसमितिमा कृष्ण बहादुर गुरुङ्ग अध्यक्ष, उपाध्यक्षमा, रामानन्द रिजाल तथा सुरेश प्रसाद शर्मा, महासचिव शितल दाहाल उप–महासचिव निरन्जन खनाल, कोषाध्यक्ष भिमसेन कुमार गौतम सह–कोषाध्यक्ष प्रतिमा कार्की रहनेछन् । संघको प्रवक्तामा सदस्य योगमाया कँडेल तथा अन्तर्राष्ट्रिय संयोजकमा निवर्तमान अध्यक्ष हरि कुमार सिलवाललाई जिम्मेवारी दिइएको छ ।
शाकाहारको बैज्ञानिक पक्ष उजागर गर्दै शाकाहारी जीवनयापनले मानव समाज र जगतलाई कसरी दिर्घकालिन फाइदा पुर्याउँछ भन्ने विषयलाई धेरै भन्दा धेरै मानिसमा पुर्याउनु शाकाहारी संघको उद्देश्य रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

