मलेसिया जान पारदर्शी र प्रतिस्पर्धात्मक प्रणाली लागू

चैत्र ११, काठमाडौं । नेपाल सरकारको लामो प्रयासपछि मलेसिया जाने कामदारका लागि लाग्दै आएको स्वास्थ्य परीक्षणको सिन्डिकेट तोडिएको छ ।

लामो समयदेखि बिचौलियाको चलखेलमा रहेको मलेसियाको स्वास्थ्य परीक्षण संस्था पारदर्शी र प्रतिष्पर्धाबाट छनोट हुने भएका छन ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई मलेसिया सरकारले पठाएको नयाँ मापदण्डसँगै मलेसियाको रोजगारीका लागि गरिँदै आएको स्वास्थ्य परीक्षणमा सीमित संस्थाको एकाधिकार तोडिने भएको हाे ।

अब मलेसिया जान पारदर्शी र प्रतिष्पर्धात्मक प्रणाली लागू गरिने मन्त्रालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.