चैत्र ११, काठमाडौं । राष्ट्रसंघको व्यापार तथा विकास सम्मेलनको विश्व लगानी प्रतिवेदन–२०१८ सार्वजनिक भएकाे छ । २१० देशको लगानी सार्वजनिक गरिएकाे उक्त प्रतिवेदनमा नेपाल १४५ औँ स्थानमा रहेकाे छ ।
हालसम्म नेपालमा विदेशी लगानी १ खर्ब ६९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल नेपालमा रहेको लगानीमध्ये ६६ दशमलव १ प्रतिशत सञ्चित पुँजी, ३० दशमलव २ प्रतिशत चुक्ता पुँजी र ३ दशमलव ७ प्रतिशत ऋण छ ।
नेपालमा भित्रिएको लगानीमध्ये ७० प्रतिशत सेवा क्षेत्र र करिब ३० प्रतिशत उत्पादनमूलक क्षेत्रमा रहेको नेपाल राष्ट्र बैंकको विदेशी लगानीसम्बन्धी सर्वेक्षणले देखाएको छ ।

