चैत्र ११, बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयमा परेका भ्रष्टाचारका उजुरी मध्ये सबैभन्दा बढी संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय अन्तरगतका बिषयगत कार्यालयका रहेका छन ।
अख्तियारमा सबैभन्दा बढी उक्त मन्त्रालय मातहतका कार्यालयका काम कारवाहीलाई लिएर ३७५ वटा उजुरी परेका छन । त्यसैगरी शिक्षा मन्त्रालय अन्तरगत ३१०, भूमि व्यबस्था मन्त्रालय अन्तरगत ८५, भौतिक पूर्वाधार ५०, बन मन्त्रालय अन्तरगत ४९, उर्जा अन्तरगतका ३४, स्वास्थ्य अन्तरगतका ३३, गृह अन्तरगतका २८, कृषि अन्तरगतका १४ र अन्य मन्त्रालयका ४१ उजुरी परेका छन ।
संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय अन्तरगत स्थानीय तहमा सबैभन्दा बढी भ्रष्टाचार तथा अनियमितता भएका उजुरी परेको कार्यालय प्रमुख सहसचिव तारानाथ अधिकारीले बताउनु भयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा भ्रष्टाचारजन्य ६ वटा घटनामा ८ जनालाई रंगेहात पक्राउ गरेको छ ।
उनीहरुलाई रंगेहात पक्राउ गर्दा उनीहरुको साथबाट ३९ लाख ७७ हजार ५ सय रुपैंया घुस रकम बरामद गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

