९ महिनामा ४१ एक सिंगे दुर्लभ गैँडाकाे मृत्यु

चैत्र ११,चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा साउनयता ४१ गैँडा मरेका छन । ३९ वटा गैँडा निकुञ्ज क्षेत्रमा र दुइटा राष्ट्रिय वन क्षेत्रमा पर्ने सामुदायिक वनमा मरेका हुन ।

निकुञ्जको सूचना अधिकारी गोपालबहादुर घिमिरेका अनुसार ती गैँडा प्राकृतिलगायत कारणबाट मरेका हुन । प्राकृतिक कारणबाट गैँडा मर्ने दर हालसम्मकै यो उच्च भएको घिमिरे बताउँछन । निकुञ्जका अनुसार यसअघि आव २०५६र ०५७ मा प्राकृतिक कारणबाट २८ वटा गैँडा मरेका थिए ।

निकुञ्ज क्षेत्रमा पछिल्लोपटक आइतबार बिहान पोथी गैँडा मरेको छ । भरतपुर महानगपालिका २३ जगतपुरस्थित होटलको सेफ्टी ट्यांकीमा परेर गैँडाको मृत्यु भएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.