हतियारसहित फेसबुकमा तस्बिर पोष्ट गर्ने एक सैनिक कारवाहीमा

चैत ८, काठमाडौं । फेसबुकमा जथाभावी पोष्ट गर्ने एक सैनिक कारवाहीमा परेका छन् ।

उनले चलाउँदैं आएको फेसबुक समेत बन्द गरिएको छ । सैनिक मिडिया नीतिविपरीत हतियार बोकेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्ने सैनिक कुचीकार सूर्यनारायण यादवमाथि नेपाली सेनाले कारवाही गरेको हो । मिडिया नीतिविपरीत यादवले सैनिक तथा सिभिल पोसाकमा विभिन्न हतियार तथा उपकरणहरुसहित खिचिएका तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए।

उक्त कार्यले सैनिकको मिडिया नीतिको विरुद्ध भएको भन्दै नेपाली सेनाको जंगी अड्डाले कारबाही गरेको हो । उनलाई सैनिक अनुशासन तथा आचरणविपरीत काम गरेको भन्दै एकपटकका लागि सचेत गराइएको नेपाली सेनाले जनाएको छ। कुचीकार यादवले फेसबुमा पोस्ट गरेका उक्त तस्बिरहरु हटाउन लगाई फेसबुक अकाउन्टसमेत बन्द गराईएको हो । उनी कार्यरत रहेको भक्तपुरको खरिपाटीस्थित श्री रणचण्डी गणलाई समेत जंगी अड्डाले मिडिया नीतिको पूर्ण पालना गराउन निर्देशन दिएको छ ।

नेपाली सेनाको मिडिया नीतिअनुसार सामाजिक सञ्जालहरूमा अनावश्यक टीकाटिप्पणी गर्न नपाइने, देश–संगठन र कसैप्रति लक्षित गरी आफ्नो भनाइ राख्न नपाउने, संगठनको पोशाक लगाएर त्यस्ता तस्बिरहरु सामाजिक सञ्जालहरूमा प्रयोग गर्न पाईदैन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.