काभ्रेमा बर्ड फ्लू भित्रन नदिन उच्च सतर्कता

चैत ८, काभ्रे । हेटौंडा, काठमाडौं र कास्कीका पोल्ट्री फार्महरुमा बर्ड फ्लू अर्थात हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा–एचपिआइएको संक्रमण देखा परेपछि काभ्रे जिल्लामा उच्च सतर्कता अपनाइने भएको छ ।

जिल्लास्तरीय बर्ड फ्लू रोग नियन्त्रण प्राविधिक समिति (डाइटेक) को बैठकले सो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको अध्यक्षतामा जिल्लाका चारैवटा सुरक्षा निकायसहित कुखुरा, दाना, चल्ला, अण्डा र मासु व्यवसायीहरु सम्मिलित डाइटेकको बैठकले रोगमुक्त प्रमाण भएका कुखुरा, चल्ला, अण्डा र पन्छीजन्य पदार्थमात्र जिल्ला भित्र्याउन दिने निर्णय गरेको छ ।

बैठकले मंगलटार, साँगा र नालामा प्रहरी चेकपोस्टसँगै रहने गरी भेटरीनरी अस्पताल काभ्रेको चेक पोस्ट राख्ने निर्णय गरेको हो । ती नाकाहरुबाट कुखुरा तथा कुखुराजन्य पदार्थहरु भित्रने क्रममा पशु ढुवानी मापदण्ड अनुसारको भेटरिनरी प्रमाणपत्र भएको यकिन गरेर मात्रै कुखुरा, चल्ला, अण्डा र कुखुराजन्य पदार्थलाई भित्रन दिइने निर्णय गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.