सिन्धुपाल्चोकमा ६१ हजार भूकम्पपीडितको नयाँ घर निर्माण

चैत ७, सिन्धुपाल्चोक । पुनर्निर्माण प्राधिकरणले समयसीमा तोकेर नै लाभग्राहीहरुलाई अनुदान उपलब्ध गराउने भएपछि सिन्धुपाल्चोकमा ६१ हजार पीडितले घर बनाएका छन् ।

विनाशकारी भूकम्प गएको ३ वर्ष बित्नै लाग्दा सिन्धुपाल्चोकमा निजी आवस निर्माणले तीव्रता पाएको हो । सिन्धुपाल्चोकमा ८७ हजार ८ सय २८ पीडित पहिचान भएका छन् । जसमध्ये ६१ हजार ८ सय ४० लाभग्राहीले तेस्रो अथवा अन्तिम किस्ताबापतको रकम बुझेका हुन् । प्राधिकरणले अन्तिम किस्ताबापतको अनुदान रकम दिने सूचना यसअघि नै जारी गरिसकेको छ । समयसीमा तोकेपछि लाभग्राहीले घर निर्माणलाई तीव्र बनाएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला अयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का अधिकारीहरु तोकेको समयसीमाभित्रै निजी आवास निर्माण सक्नेगरी अघि बढेको बताउँछन् ।

८७ हजार ८ सय २८ लाभग्राहीमध्ये ८५ हजार ३ सय ७० लाभग्राहीले पहिलो किस्ताबापतको ५० हजार अनुदान लिएकाथिए । पहिलो किस्ताको लिएको अनुदानको अनुपात हेर्दा अब जम्मा ६ हजार लाभग्राहीले मात्रै घर निर्माण सुरु गरेका छैनन् । ७९ हजार ३ सय १७ लाभग्राहीले दोस्रो किस्ताबापतको अनुदान लगिसकेका छन् । धेरै लाभग्राहीहरुले तेस्रो किस्ताका लागि कागजपत्र बुझाएकाले केहीदिन पछि यो संख्या अझै बढ्ने जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनका प्रमुख इन्जिनियर सन्तोषकुमार निरौलाले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.