प्रारम्भ खबर ।
चैत ७, काठमाडौं । होली पर्व आपसी सदभाव, मेलमिलाप र खुशी साटासाट गरी मनाईने पर्व पर्वको रुपमा विकसित हुदैं जादाँ पछिल्लो समयमा विकृति पनि मौलिदै गएको छ ।
अघिल्लो वर्षभन्दा यो वर्ष होली पर्व निकै मर्यादित हुदै गएको नेपाल प्रहरीको भनाई रहेता पनि केही छिटफुट झैजगडा तथा दुर्घटनाहरु भने भएको देखिन्छ । नेपालमा पछिल्लो समयमा विभिन्न चाडपर्वमा विकृति भित्र्याउँदै गएपछि धर्म, संस्कृति नै लोप हुने कि भन्ने शंक भएको बेला देशकै ठूला नेता तथा कर्मचारीहरु खुलायाम तरिकाले मदिरासंगै पर्वहरु मनाएका तस्बीरहरु सार्वजनिक गर्दै आईरहेको छ ।
त्यस्तै गोकर्णेश्वर नगरपालिकामा कार्यरत कर्मचारीहरु पनि यस वर्ष खुलायाम रुपमा मदिराका साथ होली पर्व मनाईरहेको तस्बीर सामाजिक सञ्जालमा पोस्टिएको फेला परेको छ । नगरपालिका १ नं. वडाका अध्यक्ष राम मनान्धारले सामाजिक सञ्जाल फेसबुकमा पोस्टिएको तस्बीरमा गोकर्णेश्वर नगरपालिकाका प्रशासन प्रमुख भिम बहादुर शाही र भुपेन्द्र बोहरा सहित अन्य व्यक्तिहरु देख्न सकिन्छ ।
स्थानीय कला, संस्कार तथा संस्कृतिको प्रर्वद्धन र संरक्षण गर्ने भन्दै नगर प्रमुख सन्तोष चालिसे विभिन्न कार्यक्रममा आफ्नो भनाई राख्दै हिडेको बेला सामाजिक तथा सार्वजनिक रुपमै त्यस प्रकारको तस्बीर र हर्कतले समाजमा कस्तो शन्देश प्रवाह हुन्छ ? यो गम्भीर विषय बनेको छ । सार्वजनिक पदमा रहेका व्यक्तिहरुले नै सामाजिक सञ्जालमा मदिरासंगै रमाएको तस्बीरले आम नागरिकले के शिक्षा प्राप्त गर्ने ? उक्त विषयमा नगरपालिका प्रमुखले के कदम चाल्छन् त्यो प्रतिक्षाको पर्खाइ बन्ने छ ,

रङको पर्व भनिने होलीमा परिवार, इष्टमित्र तथा साथीभाइबीच एकापसमा विभिन्न रङ दलेर खुशीयाली साटासाट गरिन्छ । होलीमा प्रयोग गरिने रङको आ–आफ्नै महत्व रहेको छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान् गणेशलाई सबै रङ मनपर्ने र रातो रङलाई शक्ति तथा सौभाग्यको सूचक मानिन्छ । अन्यायमाथि न्यायको विजयको प्रतीकका रुपमा हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वमा विजयको उमङ्गका रुपमा रङ खेल्ने गरिन्छ ।

