चैत ५, काठमाडौं । काभ्रेको रोशी गाउँपालिकामा विप्लव समूह र प्रहरीबीच गोली हानानहान भएको समाचार हल्ला मात्र भएको जनाएको छ ।
रोशी गाउँपालिकामा दुई पक्षबीच गोली हानाहान भन्दै सञ्चार माध्यमतिर समाचार आएपछि प्रारम्भ खबरले गरेको कुराकानीमा महानगरीय अपराध अनुसन्धान महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले घटनाको पुष्टि नभएको बताएका छन् ।
त्यस्तै रोशी गाउँपालिका प्रहरी इलाकाका प्रहरी निरिक्षक सुशील केशीले पनि त्यस्तो घटना नभएको जानकारी दिएका छन् । गाउँपालिकामा गोली हानाहान भएको खबर सार्वजनिकपछि गाउँपलिका अध्यक्ष डि.वि लामाले सबै वडाका अध्यक्षलाई फोन सम्पर्क गरी जानकारी लिईएको र कुनै घटना नभएको बताएका छन् ।

