जैविक विविधता संरक्षण सम्बन्धि कार्यक्रम सम्पन्न

सुमन लम्साल ।
चैत ५, कावासोती नवलपुर । नवलपुर जिल्लाको कावासोति नगरपालिको लामिचौर उपभोक्ता समितिको  समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा जागरणले जैविक विविधता संरक्षण सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।

कावासोती नगर उपप्रमुख प्रेम शंकर मर्दनीयाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रेम शंकर मर्दनीयाले युवाहरु गाउँ गाउँमा संरक्षणको आवाजलाई बुलन्द पार्न र सकारात्मक सोचाइको साथमा लाग्न आग्रह गरे । चितवन राष्ट्रिय निकुञ्जको रेन्जर अमृता पुडासैनि, बादरझुला पोस्टका सुदर्शन बिष्ट, कावासोतीका वार्ड अध्यक्षहरुको विशेष उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम केबल प्रसाद चौधरीको सभापतित्वमा भएको सो कार्यक्रममा एल. एन. दवाडी ले सहजिकरण गरेका थिए । कार्यक्रम बोल्ने वक्ताहरुले संरक्षणमा अझै जोड दिनुपर्ने बताए । समुदाय स्तरबाटै संरक्षण हुन सक्यो भने मात्र दीगो रूपमा संरक्षण हुने र समुदायको युवाहरूलाई राम्रोसंग अभियानमा सहभागी गराउदा थप संरक्षकत्व भुमिका हुने कुरामा सबै जोड रहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.