प्रारम्भ खबर ।
चैत ५, काठमाडौं । दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा न. ४ निवासी ३६ वर्षिय अशोक लामा तामाङ आफ्नो दुबै मिर्गौलाले काम गर्न छाडेपछि जीवन मरण र मृत्युको दोसाँध रहेर उपचारको पखाईमा बसिरहेका छन् ।
गत दुई वर्ष अगाडी बैदेशिक रोजगारको शिलशिलामा रहेको बेला दुवै मिर्गौलाले काम गर्न छाडेपछि स्वादेश फर्किएका लामाको अहिले काठमाडौं स्थित राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थलीमा हप्ताको २ पटक डायलाइसिस गराईरहेका छन् । विदेशी भूमिमा कमाएर ल्याएको र पुख्र्यौली सम्पत्ति समेत सकाइसकेका कारण हाल प्रत्यरोपणमा समस्या आएको पीडित अशोक लामाले बताउँछन् ।
तिनै पीडित अशोकको उपचारका लागि आर्थिक सहयोग जुटाउन तराना कला केन्द्रले अभियान सञ्चालन गर्ने भएको छ । पीडितको उपचार तथा सहयोगार्थ चैत ३० गते शनिवार काठमाडौंको जोरपाटीमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना समेत गर्ने भएको छ । केन्द्रका सञ्चालिका तथा गायिका बसन्ती लामाले देश तथा विदेशमा रहेका नेपालीहरुलाई पनि सहयोगको आग्रह गरेकी छिन् । सहयोगी मनहरुले मिर्गौला पीडित अशोकलाई बचाउनका लागि यहाँ उल्लेखति विरामीकै सेन्चुरी बैंकमा रहेको खाता नं. 0180000685SR मा सहयोग वा मोबाईल नं. ९८६०५८९४११÷ ९८०३८९१८१९ सम्पर्क गर्न सक्नुहुनेछ ।

