मनाेमानी ढ‌ंगले २५ करोड बाँड्दै विश्वविद्यालय अनुदान आयोग

चैत्र ०४, काठमाडौं । विश्वविद्यालय अनुदान आयोग आफैँले गठन गरेको अध्ययन समितिले बुझाएको प्रतिवेदनलाई लत्याउँदै आंगिक क्याम्पसलाई मनोमानी ढंगले रकम बाँड्ने निर्णय गरेको छ।

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुको इसारामा विज्ञान पढाइने २६ वटा क्याम्पसलाई २५ करोड रुपैयाँ बाँड्ने निर्णय गरेको बुझिएको छ। जसमा त्रिविअन्तर्गत २४ र सुदूरपश्चिम तथा मध्यपश्चिम विश्वविद्यालयका एक एकवटा क्याम्पस रहेका छन्।

बिएससी र एमएससी कक्षा सञ्चालन गरिरहेका आंगिक क्याम्पसहरुको अवस्था अध्ययन प्रतिवेदन–२०७५ ले न्यून विद्यार्थी संख्या भएका र भौतिक पूर्वाधारसमेत नपुगेका चार आंगिक क्याम्पसलाई आयोगले रकम छुट्याएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.