जनस्वास्थ्य प्रयोगशालाका कर्मचारी घुससहित र‌ंगेहात पक्राउ

चैत २, काठमाडौं । टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत ल्याव टेक्निसियन (नायब सुब्बा) सरोज रोका घुस रकमसहित पक्राउ परेका छन्।

शुक्रबार अख्तियारको टोलीले उनलाई सेवाग्राहीसंग घुस लिँदा लिदै पक्राउ गरेको हो। उनलाई कार्यलय परिसरबाटै २२ हजार घुस लिँदा लिदै पक्राउ गरेको अख्तियारले जनाएको छ। मेडिकल सेन्टर सेवा बिस्तार गर्ने प्रयोजनका लागि नियमानुसार गर्नुपर्ने काममा आलटाल गरी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियारको टोलीले उनलाई सेवाग्राहीसँग २२ हजार घुसबापतको रकम लिईसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

हेरौं अख्तियारले जारी गरेको विज्ञप्तिः

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंका ल्याव टेक्निसियन (नायब सुब्बा) सरोज रोकाले मेडिकल सेन्टर सेवा बिस्तार गर्ने प्रयोजनका लागि नियमानुसार गर्नुपर्ने काममा बिभिन्न बरबहाना बनाइ काममा आलटाल गरी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले निज नायब सुब्बा सरोज रोकाले सेवाग्राहीसँग रू.२२,०००।– (बाईस हजार) घुसबापतको रकम लिईसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको छ ।

प्रदीपकुमार कोइराला
सह(सचिव एवं प्रवक्ता

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.