“विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न आग्रह

चैत १, काठमाडौं। शान्तिका लागि साझा अभियान (कोक्याप) ले नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

९कोक्याप० ले आज विज्ञप्ति जारी गरी सो पार्टीसँग वार्ताको सार्थक प्रयास नगरिकन अकस्मात लगाइएको प्रतिबन्धले नेपाली जनता सम्भावित द्वन्द्वको त्रासमा परेको भन्दै वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेको हो । सो पार्टीले देशका विभिन्न स्थानमा अशान्ति फैलाउने गरी बन्द, हडताल, आगजनी तथा बम विस्फोटन गराउने जस्ता क्रियाकलापबाट सर्वसाधारण नागरिकमा त्रास फैलिएको (कोक्याप) को भनाइ छ ।लोकतान्त्रिक संविधानमार्फत जननिर्वाचित सरकारले गर्ने निर्णय र लिने कदम सदैव लोकतान्त्रिक नै हुनुपर्ने (कोक्याप) को जोड छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.