दोलखामा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, २६ जना घाईते

चैत १, दोलखा । दोलखामा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सिनो हाइड्रोले भाडामा लिएर चलाएको बा ४ ख ४५७३ नम्बरको बस बिहान ७ः४५ बजे बिगो गाउँपालिका–१, नयाँबाटोमा दुर्घटना हुँदा उक्त हताहती भएको हो । मृतकको शनाखत हुन नसकेको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए । २६ जना घाइते भएका र उनीहरुको सिंगटीमा प्राथमिक उपचारपछि थप उपचारपछि जिल्ला अस्पतालमा ल्याइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । सडकबाट बस ३० मिटर खस्दा उक्त दुर्घटना भएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.