फागुन ३०, सप्तरी । मङ्गलबार सप्तरीको राजविराज नगरपािलका–९ मलेठका ५२ वर्षीय रामदयाल साहलाई १० वर्ष कैदको सजाय सुनाइएको छ ।
तिरहुत गाउँपालिका–१ त्रिकोल घर भई राजविराज नगरपालिका–५ स्वर्ण टोलमा डेरा गरी बस्ने २८ वर्षीय छोरीज्वाइँ दीपेन्द्रकुमार मण्डलको हत्या आरोपित जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले १० वर्ष कैदसजाय तोकेको हो । गत जेठ २९ गते राति हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले मृतककी श्रीमती र ससुरालाई पक्राउ गरी कर्तव्यज्यानको मुद्दा चलाएको थियो ।
आरोपित साहलाई गत असार २७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा राखिएको थियो । मृतककी श्रीमती २३ वर्षीया अञ्जना साहलाई भने अदालतले सफाइ दिएको छ ।

