फागुन ३०, काठमाडौं । विहीबार अर्थात आज विश्व मिर्गौला दिवस विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइँदैछ । ‘मिर्गौला स्वास्थ्य सबैका लागि सबै तिर’ भन्ने नाराका साथ नेपालमा पनि याे दिवस भव्य रूपमा मनाइँदैछ ।
यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिवि शिक्षण अस्पतालले आयोजना गरेको कार्यक्रममा सहभागी भएर सकारात्क सुझाव दिनु भएको छ । प्रधानमन्त्री ओली अस्पतालको नेफ्रोलोजी विभाग, फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल (पीएसआरन) र स्वतन्त्र विद्यार्थी युनियनले आज बिहान आयोजना गरेको कार्यक्रममा सहभागी भएका हुनुभएको हो । उहाँले कार्यक्रमका आयोजकसँगै पैदलयात्रासमेत गर्नुभएकाे छ । विश्व स्वाथ्य संगठनको तथ्यांकले औषतमा १० प्रतिशत नागरिकमा मिर्गौलाको समस्या देखाएको छ । त्यसलाई आधार मान्दा नेपालमा ३० लाख जनालाई मिर्गौलाको समस्या रहेको मिर्गौला विषेशज्ञ डाक्टर ऋषिकुमार काफ्लेले बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्ने कुराबारे समेत जानकारी दिनुभएकाे छ ।

