इजिप्टको ‘मिस इको इन्टरनेशनल २०१९’ मा नेपालकी मुना गौचन

फागुन ३०, काठमाडौँ । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१९’ मा नेपालको प्रतिनिधित्व मुना गौचनले गर्ने भएकी छन । आज (बिहीबार)बाट सुरु हुने प्रतियोगिताका लागि मुना बिहान ८ बजे इजिप्टतर्फ उडेकी हुन ।

६० देशका इको सुन्दरीहरूको सहभागिता रहने प्रतियोगिता लागि यो सिजनको उनी एक्लो प्रतिनिधि हुन । नेपालका लागि अधिकार प्राप्त संस्था ग्रिन आर्ट मिडियाले राजधानीमा एक कार्यक्रमको आयोजना सहित उनलाई केही पहिले ‘मिस इको इन्टरनेशनल नेपाल २०१९’को ताज लगाउँदै प्रतिनिधि चयन गरेको थियो ।गौचन नेपालको पाँचौँ सहभागी हुन । यस अगाडी प्रतियोगिता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य र गतबर्ष मौनता लामाले भाग लिएका थिए । करिब दुई दर्जन आकर्षक पहिरन सहित उनी प्रतियोगितामा सहभागी हुन लागेको ग्रिन आर्ट मिडियाका सीयो प्रविन लाकौलले बताए । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मिस इको राम्रो प्लेटफर्म भएको गौचले बताइन । उनले भनिन्, ‘नेपाली ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थानको पहिचान सहितको डकुमेन्ट्री लिएर आफू प्रतियोगितामा सहभागी हुन लागेको हो’।

प्रतियोगिताको शीर्ष उपाधि नेपाल भित्र्याउने विश्वासका साथ गौचनलाई आफूले इजिप्ट पठाएको ग्रिन आर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले जानकारी दीन । उनले भनिन्, ‘आवश्यक विभिन्न प्रशिक्षण सहित गौचन त्यस तर्फ उडेकी हुन्’ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.