बन्दको कारण हेटौंडा बजार पूर्ण रुपमा ठप्प​

फागुन ३०, मकवानपुर । विप्लव समूहले आज फागुन ३० गते आह्वान गरेको बन्दका कारण प्रदेश ३ को राजधानी समेत रहेको हेटौंडा बजार पूर्ण रुपमा बन्द भएको छ । हेटौंडा स्थित सरकारी कार्यालयहरु खुलेपनि बजार भने बन्द रहेको छ ।

आजै विहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ पशुपतिनगर स्थित पूर्वपश्चिम राजमार्गको छेऊमा विस्फोटक पदार्थ सहितको सेतो प्लाष्टिकको झोलाले बेरिएको वस्तु भेटिंदा सो क्षेत्र वरिपरि केहीबेर त्रास उत्पन्न भएको थियो । सो वस्तुलाई नेपाली सेनाको काली प्रसाद गणबाट आएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो ।

त्यस्तै हिजो बेलुकी जिल्लाको उत्तरी क्षेत्रमा पर्ने थाहानगरमा काठमाडौबाट हेटौंडा तर्फ आईरहेको ना ५ ख ७४११ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेको थियो भने आज विहान हेटौंडाको वस्तीपुरमा गुडिरहेको ना ६ ख ७३६९ नम्बरको मालबाहक ट्रकलाई लक्षित गरी अज्ञात समूहले ढुङ्गा प्रहार गर्दा सो ट्रकका चालक युवराज सुवेदी सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

मकवानपुरको हेटौंडा बजार तथा जिल्लाका प्रमुख बजारहरुमा छिटपुट रुपमा निजी चार पांग्रे तथा दुई पांग्रे सवारी साधन चलेका छन भने हेटौंडा भएर आवतजावत गर्ने सवारी साधनहरुलाई प्रहरीले स्कर्टिङ्ग गरी पठाउने गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.