विरामीको मृत्युपछि जोरपाटी मेडिकल कलेजमा तोडफोड, प्रहरीसहित ७ घाईते

big bite restro

फागुन २९, काठमाडौं । जोरपाटी स्थित अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुन आएको एक विरामीको मृत्यु भएको छ ।

मंगलबार बेलुका ५ बजे पत्रे रोगको उपचारका लागि भर्ना भएका काँगेश्वरी मनोहर नगरपालिका आलापोटका ४५ वार्षिय सुर्दशन फुयाँलको मृत्युपछि आफन्ता र प्रर्दशनकारीहरुले अस्पताल तोडफोड हो । अस्पतालका सिसा, टेबुल, कुर्सी, झ्याल लगायत गाडी समेत फुटाएको छ । मृतकका आफन्ताहरुले अस्पतालमा डाक्टरको लापरवाहीका कारण विरामीको मृत्यु भएको भन्दै अस्पताल परिसरमा आन्दोलन तथा ईट्टा प्रहार गरेको छ ।

भीडलाई नियन्त्रण गर्न सयौं संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा पाँच प्रहरी र मृतकका छोरा सुराज फुयाँल सहित दर्जनौ घाईते भएका छन् । मृतकको छोरा सुराजको पनि प्रहरीको कुटाईबाट टाउँकोमा चोट लागेको छ ।

अस्पताल भर्ना गरेको २४ घण्टा नबित्दै विरामीको मृत्यु भएपछि पिडितहरु अस्पताल व्यवस्थापनप्रति आक्रोशित छन् । आज नै वार्ता गरेर अस्पतालका निर्देशक समेत रहेका डाक्टर राजेश किशोर श्रेष्ठलाई कारवाहीको माग गर्दै आएको पीडितहरु अस्पतालका अध्यक्ष भोला रिजालको पर्खाइमा अस्पताल आईसियु कक्षमै बसिरहेका छन् ।

डाक्टरलाई ६ घण्टा कुर्दासमेत नआएको बताउँदै विरामीकै साथमा रहेको उनका छोरा सुराज फुयाँलले अन्तिम अवस्थामा आईसियुमा पु¥याउनुपर्ने अवस्था आएपछि बुबाको मृत्यु भएको दावी गरे । उनले भने –‘डाक्टर समयमै आईपुगेको भए मेरो बुबालाई बचाउन सकिन्थ्यो होला ।’

त्यस्तै नेकपाका नेता टिआर नेपालले घटनाले गम्भीर रुप लिएको छ अव गृहमन्त्रालय स्तरीय छानविन समिति बनाएर कारवाही प्रक्रिया अगाडी बढाउने बताए । यस मेडिकल कलेज शिक्षण अस्पतालले पटक–पटक लापरवाही गर्दै आएको बताउँदै यस्तो घटना दोहोरि रहेको उल्लेख गरे । त्यस्तै अर्का नेता तुल्सी पौडेलले पनि अस्पताल व्यवस्थापनकै कमजोरीका कारण थुप्रै घटना घटिरहेको बताउँदै हिजो भर्खर भर्ना गरिएको विरामीको रोगको पत्ता नै नलागि अस्पतालले मारेको आरोप लगाएको छ ।

सम्बन्धित समाचार