सवारी दुर्घटनामा ३ जनाको मृत्यु, यातायात ठप्प

फागुन २९, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कुसहामा सवारी दुर्घटनामा ३ जनाको ज्यान गएको छ । बा १ ख ४९६४ नम्बर यात्रुबाहक बसले को ३४ प ६४३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार २ जना र बसमा सवार १ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सप्तरीको सुरुङा नगरपालिका ५ का मो मजलुम मियाँ र रामे पासवान रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। अर्का मृतकको सनाखत हुन् सकेको छैन।

बसमा सवार केही यात्रु घाइते भएका छन्। उनीहरुको लहानस्थित बिभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.