फागुन २९, पाल्पा । सरकारले नागरीकको सहज तथा कम खर्चमा स्वास्थ्य उपचारीका लागि भन्दै स्वास्थ्य बीमा लागू ग¥यो । सुरुमा बीमा रकम तिरेपछि एक बर्षसम्म सरकारले तोकेका अस्पतालहरुमा चरणबद्ध निशुल्क औषधि उपचारको सुविधा हुन्छ ।
तर पाल्पाका स्थानीयले भने स्वास्थ्य बीमा गरेर पनि पाल्ला स्थित जिल्ला अस्पतालमा न उपचार पाउँछ न औषधि नै । जस्ता पाताले काटेको बिरामी लिएर जिल्ला अस्पताल पुगेका बटला सामान्य चोटमा लागेको औषधि किन्न पनि बाहिर फार्मेसीमा कुद्नु प-यो ।
जिल्ला अस्पतालमा बीमा मार्फत पाइने तथा निशुल्क पाइने औषधिहरु नै नभएपछि बिरामीले बाहिरका निजी फार्मेशीमा महगोमा किन्न बाध्य छन । अहिले पाल्पा जिल्ला अस्पताल बिमा सम्झौता भएका अन्य अस्पतालमा पठाउने रिफरल सेन्टर मात्रै भएको छ ।
स्वास्थ्य बीमा लागु नहुदै दैनिक ५ देखि १० जना बिरामी मात्रै आउने अस्पतालमा अहिले दैनिक ३०० बढी बिरामी आउने गरेका छन । सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण नगरी अन्य सुबिधा सम्पन्न अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गत उपाचार गर्न नपाइने भएपछि जिल्ला अस्पतालमा बिरामीको भीड लाग्ने गरेको छ । तर बिरामीले सामान्य ड्रेसिङको समेत सुविधा पाउन सकेका छैनन ।
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन ।
त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन । तर पाल्पा जिल्ला अस्पतालमा ज्ञ्ाष्ट्रिक, निमोनियाका बिरामीका लागि आवश्यक औषधि समेत छैनन । अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा पुष्पराज ज्ञवालीले अस्पतालमा औषधि अभाव भएको स्वीकार गर्छन । साथै बिरामीले नै ठूला अस्पतालमा रिफर माग्ने गरेको डा। ज्ञवालीले बताए ।
अस्पतालमा बिरामीको चाप उच्च, न्युन स्वास्थ्यकर्मी र औषधि नै अभाव भएपछि बिरामीले अन्य अस्पतालमा रिफर माग्नुको विकल्प छैन ।

