एउटै युवकसँग भागेका तीन युवतीद्वारा सामूहिक आत्महत्याको प्रयास, एकको मृत्यु

फागुन २९, पर्सा । पर्सामा तीन युवतीले सामुहिक आत्महत्याको प्रयास गर्दा एक युवतीको मृत्यु भएको छ । आइतबार जिराभवानीपुर गाउँपालिका एक युवक संजय दास थारूले तीन जनालाई नै भगाएर लगेका र त्यसपछि उनीहरुले सोमबार बिहान बिष सेवन गरेकाे प्रहरीले बताएकाे छ ।

सोही गाउँपालिकाका तीन जनै युवती मध्ये संहिता कुमारीको बिष सेवनपछि उपचारका क्रममा भारतको इनर्वामा मृत्यु भएको हो। उनको शव वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पोस्ट मार्टमको तयारि गरिएको प्रहरीले जानकारी दिएको थियो । उनी सँगै बिष सेवन गरेकी मंनीता कुमारी र अर्की युवतीको भने उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माका अनुसार संजय दास थारूले भगाएकी संहिताकुमारी र संजयको बीचमा प्रेम सम्बन्ध रहेको खुलेको छ । तर संजयकै साथी राज चौधरीसँग निकट रहेकी भनिएकी १३ वर्षीया मंजिता कुमारीले पनि बिष सेवन गर्नुको कारण नखुलेको उनले बताए ।

उनीहरुबीचको प्रेम सम्बन्धले नै घटना यहाँ सम्म पुगेको बुझाइ छ । पहिला प्रेमको लागि भन्दै भागेका उनीहरुलाई भागेपछि घर सम्झन पुगेका तर परिवारले नस्वीकार्ने आशंकामा घटना घटेको हुन सक्ने बताइएको छ । १८ वर्षभन्दा कम उमेरका ती युवा युवतीहरुलाई चार र पाँच जनाको समूहले भगाउन मद्दत गरेको जनाइएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर छानबिन गरिँदै छ ।

संजयले भगाएर लगेकी संहिता कुमारीलाई परिवारजनले नस्वीकार्ने भएपछि यो घटना भएको हुन सक्नेमा थप आशंका रहेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.